
तस्वीरः प्रधानमन्त्रीको सचिवालय।
काठमाडौं, भदौ १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ ।
३० महिने कार्यकाल शनिबारबाट सकिनुअघि नै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडाले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामापत्र बुझाउनुभएको हो ।
उहाँको कार्यकाल विवादको घेराबाट मुक्त हुनसकेन ।
बजेट कार्यान्वयन गर्न नसकेको, सेयरबजारमा सुधार ल्याउन नसकेको र दोहोरो कर लगाइएको भन्दै निजी क्षेत्र सन्तुष्ट बन्न सकेन ।
राजनीतिक नभइ प्राविधिक मान्छेलाई अर्थमन्त्री बनाएको भन्दै सत्तारुढ दल नेकपाभित्रै पनि विवाद हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्