गोंगबु हत्या काण्ड : कल्पनालाई पुर्पक्षका लागि थुनामा पठाउने • Image Khabar Image Khabar


गोंगबु हत्या काण्ड : कल्पनालाई पुर्पक्षका लागि थुनामा पठाउने


Imagekhabar
१९ भाद्र २०७७, शुक्रबार १८:१०

गोंगबु हत्या काण्ड : कल्पनालाई पुर्पक्षका लागि थुनामा पठाउने

काठमाडौं, भदौ १९ । काठमाडौं जिल्ला अदालतले कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा पक्राउ कल्पना मुडभरी (पौडेल) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार उक्त अभियोगमा पक्राउ परेकी चितवन शक्तिखोरकी ३७ वर्षीया पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतमा फैसला कार्यान्वयन गरिएको बताइएको छ ।

पौडेललाई सुन्धारास्थित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार र पौडेलकी १५ वर्षीया छोरीलाई भक्तपुरस्थित बाल सुधार गृह पठाउने अदालतले आदेश दिएको छ ।

गोंगबूमा गत साउन २५ गते बोहराको हत्या गरी घाँटी र खुट्टा एउटा सुटकेस र शरीर अर्को सुटकेसमा रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

सोही घटनाका अभियुक्त पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्