
काठमाडौं । परोपकारी युवा सन्जाल नेपालले मंडनदेउपुर–६ कोदारी काभ्रेमा अवस्थित भीमसेन प्राथमिक विद्यालयमा अध्यनरत बिपन्न दनुवार समुदायका बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेको छ ।
प्यारागन फाउन्डेसन गौशलाको सहयोगमा विद्यालयका ५३ विद्यार्थीलाई शैक्षिक सामाग्री तथा खेल सामग्री बितरण गरिएको परोपकारी युवा संजाल नेपाले बताए ।
विद्यार्थीलाई स्कुल ब्याग–५३ थान कपी– ३८ दर्जन पेन्सिल, इरेजर, पेन्सिल कटर, फुटबल र स्किपिङ्ग लगायतका सामग्री बितरण गरिएको थियो ।
इन्द्रावती नदिको किनारमा रहेको सो विद्यालय बिपन्न दनुवार समुदयका बालबालिका मात्र अध्यनरत छन् ।
विद्यार्थी बसेर पढ्ने ठाउँको उचित ब्यबस्थापन नभएकोले बालबालिकाहरू भूईँमा बसेर अध्यन गर्न बाध्य छन् ।
विद्यालय भवन अभावमा कक्षा संचालनमा पनि कठिन छ ।
परोपकारी युवा सन्जालले शिक्षा अभियान अन्तर्गतको विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरू बितरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्