
रुपन्देही, भदौ १९ । रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीनजनाको मृत्यु भएको छ । दुईजना सिद्धार्थनगर र एकजना बुटवलका संक्रमितको मृत्यु भएको हो ।
‘होम आइसोलेसन’मा रहेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको शुक्रबार बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो ।
मिर्गाैलाले काम नगरेपछि चितवनमा ‘डायलायसिस’ गरेर फर्किएका उनको बिहान मृत्यु भएको बताइएको छ ।
यस्तै, बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत् सिद्धार्थनगर– ७ की ६४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यही भदौ ४ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचाप, मधुमेह, मिर्गौला र निमोनियाको समस्या रहेको र कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना ‘पोजिटिभ रिपोर्ट’ आएको थियो ।
उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसअघि, बिहान बुटवल उपमहानगरपालिका– ८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो ।
यससँगै जिल्लामा मृत्यु हुनेको संख्या १४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्