१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


हरिहरपुरगढी र सिन्धुलीगढी जोड्ने नयाँ पदमार्ग उद्घाटन


0
Shares

सिन्धुली, असार ८ । सिन्धुलीको हरिहरपुरगढी र सिन्धुलीगढी जोड्ने नयाँ पदमार्गको आज उद्घाटन गरिएको छ ।

हरिहरपुरगढी गाउँपालिका घण्टेमा सिन्धुली क्षेत्र नम्बर २ का सांसद हरिबोल गजुरेलले पदमार्ग उद्घाटन गरेका हुन् ।

प्रदेश ३ को राजधानी हेटौंडाबाट सिन्धुलीगढी पुग्ने पदमार्गको दूरी करिव ७० किलोमिटर छ । सिन्धुलीमै पहिलो पटक आन्तरिक तथा बाह्य पर्यटन गर्ने उद्देश्यले संचालन गरिएको पदमार्गले हरिहरपुरगढी, मरिण, घ्याङ्लेख, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकालाई जोडेको छ ।