८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


बस दुर्घटनामा १७ जना घाइते


0
Shares

राजापुर, असार ८ । काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको ना४ख १३३९ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए ।

अन्य १२ घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । (रासस)