२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


अमेरिकी राष्ट्रपतिले पठाए उत्तर कोरियाली नेतालाई पत्र


0
Shares

प्योङयाङ, असार ८। उत्तर कोरियाका नेता किम जङ उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यक्तिगत पत्र प्राप्त गरेको त्यहाँको सरकारी सञ्चार माध्यम केसीएनएले जनाएको छ ।

उत्तर कोरियाली नेता किमले पत्र असाधारण भन्दै ट्रम्पको ‘असाधारण साहस’को समेत प्रशंसा गरेका छन् ।

पत्रको चाखलाग्दो बेहोराबारे गहन ढङ्गले सोचविचार गर्ने जनाइएको छ ।

पत्रको मितिबारे भने केही खुलाइएको छैन । ट्रम्पले यो महिनाको शुरुमा किमले आफूलाई सुन्दर पत्र पठाएको बताएका थिए ।

गएको फेब्रुअरीमा दुई नेताबीच भियतनामको हनोईमा भएको वार्ता कुनै सहमति बिना सकिएको थियो । त्यसपछि दुई मुलुकबीचको सम्बन्धमा चिसोपन बढेको छ ।

तर, अमेरिकी राष्ट्रपति ट्रम्पले निशस्त्रीकरणलगायतका विषयमा किमसँग अर्को चरणको वार्ता हुन सक्ने बताउँदै आएका छन् । (एजेन्सी)