२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


ट्रम्पद्वारा बलात्कार आरोप खण्डन


0
Shares

वासिंटन, असार ८ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक जना महिलालाई बलात्कार गरेको भन्ने आरोपको खण्डन गरेका छन् ।

ट्रम्पले आफूले ई. जीन क्यारोल भन्ने महिलालाई कहिल्यै नभेटेको र उनले आफ्नो नयाँ किताबको बिक्री बढाउन त्यस्तो आरोप लगाएको बताएका छन् ।

क्यारोलले अमेरिकी राष्ट्रपति ट्रम्पले आफुमाथि बलात्कार गरेको समाचार न्युयोर्क टाइम्समा प्रकाशित गरेकी थिइन् । लेखमा उनले आफूले मुद्दा नजित्ने भएपछि प्रहरीमा उजुरी नदिएको उल्लेख गरेकी छन् ।

ट्रम्पले सन् १९९५ मा डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुपमा आफूलाई बलात्कार गरेको क्यारोलको जिकिर छ ।

ट्रम्पले आफूमाथि एक दर्जनभन्दा बढी महिलाले लगाएको बलात्कारको आरोपहरू अस्वीकार गरेका छन् । (एजेन्सी)