
बुटवल, असार ८ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सैनामैना–६ कलौनीमा गएराति महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको ना७ख ५९४८ नम्बरको बसले विपरित दिशातर्फ गईरहेको लु८प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीका अनुसार बसले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको र त्यसमा सवार अन्दाजी २०/२५ वर्षका दुुई युवकको जलेर घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरुको शव पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल राखिएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्