८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


खोला छेउमै डम्पिङ साइट, खोलाकै पानीमा निर्भर स्थानीयबासीद्वारा विरोध


0
Shares

डडेल्धुरा, असार ८ । डडेल्धुरामा खोलाको छेउलाई फोहोर फाल्ने डम्पिङ साइट बनाउँदा पानी दुषित बन्दै गएको छ ।

बजार क्षेत्रमा संकलन हुने फोहर फाल्न उपयुक्त स्थान नपाउँदा अमरगढी नगरपालिकाले गाउँ नजिकको खोलाको छेउमा डम्पिङ साइट बनाएको हो । डम्पिङ साइटका कारण खोलाको पानी दुषित बन्दै गएको छ भने स्थानीयबासी दुर्गन्धले आक्रान्त बनेका छन् ।

अमरगढी नगरपालिका–७ कुयलीमा रहेको गुनेई गाडमै डम्पिङ साइट बनाएर फोहर फाल्न थालेपछि स्थानीयले विरोध जनाएका छन् । गुनेई खोलाको पानी अमरगढी नगरपालिका, अजयमेरु र भागेश्वर गाउँपालिकाका स्थानीयले भने दैनिक उपभोगका लागि प्रयोग गर्दै आएका छन् ।

डम्पिङ साइट निर्माणका लागि स्थान खोजिरहेको र यसका लागि सूचना पनि जारी गरेको अमरगढी नगरपालिका डडेल्धुराका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए ।