Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


समूह विजेता बन्दै ब्राजिल क्वाटरफाइनलमा


0
Shares

ब्राजिल, असार ८ । आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न समूह चरणको अन्तिम खेलमा पेरुलाई  ५–० ले हराउँदै ब्राजिल क्वाटरफाइनलमा पुगेको हो ।

खेलमा ब्राजिललाई विजयी गराउन कासेमिरो, रोबर्टो फर्मिन्हो, एभर्टन, डानी आल्भेस र विलियनले एक–एक गोल गरे ।

जितसँगै ब्राजिल समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाईनलमा पुगेको हो । तीन खेलबाट उसले ७ अंक जोडेको छ । समान खेलबाट ५ अंक जोडेको भेनेजुएला पनि नक आउट चरणमा पुग्यो ।

गएराति भएकमो खेलमा भेनेजुएलाले बोलिभियालाई ३–१ ले पराजित गर्‍यो । ४ अंक जोडेको पेरुले भने अब क्वाटरफाईनल प्रवेशका लागि प्ले अफ् खेल्ने भएको छ ।