८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


बिरामी लिन जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु


0
Shares

रामेछाप, असार ८ । सिन्धुलीबाट रामेछाप आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालक निरबहादुर श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा एकजना घाइते भएका छन् ।

बिरामी लिन हिँडेको बा.२१ च ७५२५ नम्बरको एम्बुलेन्स आज बिहान ३ बजे कुनौरीको मोडमा दुर्घटना भएको हो । एम्बुलेन्स सडकबाट करिब सय मिटर तल खसेको छ ।