राजु चौधरी/ईमेज:
चितवन, असार ३२ । देशकै मध्यभागमा पर्ने चितवनमा जनघनत्व बढ्दै गईरहेको छ ।
अझ जिल्लाको सदरमुकाम भरतपुर महानगरपालिकामा त झनै चाप बढ्दै गइरहेको छ ।
जनघनत्व बढेसँगै अव्यवस्थित रुपमा मासु पसल खोल्ने क्रम पनि बढेको छ ।
यस्ता पसलले स्वाथ्यमा खेलवाड गरिएका खबर आईरहँदा अनुगमन त हुन्छ तर कारवाही भएको देखिदैन् ।
चितवनको सदरमुकाम भरतपुर महानगरपालिकामा खुलेका अधिकांश मासु पसल अव्यवस्थित रुपमा न्यूनतम मापदण्ड पनि पुरा नगरी संचालनमा रहेको पाइएको छ ।
ती मासु पसलहरुबाट उपभोक्ताको स्वास्थ्यमाथि चरम खेलवाड गरेको पाइएको छ ।
अनुगमनका क्रममा भरतपुरमा संचालनमा रहेका अधिकांश बधसाला र मासु पसल संचालनका लागि अयोग्य देखिएका हुन् ।
भरतपुरका बदशाला र मासु राखेको ठाउँ फोहोरयुक्त पाइएको छ भने मासु पसलेहरुले डिजिटल तौल मेसिन प्रयोग नगरी उपभोक्तालाई ठगिरहेको भरतपुर महानगरपालिकाका पशु विकास शाखा अधिकृत डा.सन्तोष घिमिरे बताउँछन् ।
भरतपुरका मासु पसल संचालनका लागि अयोग्य देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवन, उपभोक्ता अधिकार संरक्षण मन्च र भरतपुर महानगरपालिकाको पशु सेवा शाखाको टोलीले मासुको स्वस्च्छता र गुणस्तरलाई कायम राख्न दुई दिन लगाएर महानगर भित्रका मासु पसलको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा केही मासु पसलमा खशीको भन्दै बाख्रीको मासु बेचेको समेत फेला परेको छ ।
जिल्लामा अनुगमन हुने गरेपनि सन्तोषजनक कारवाही भने हुने गरेको छैन ।
जिल्लामा प्रशासन र जिल्ला पशुसेवा कार्यालय तथा स्थानीय तहको पशु विभागको नेतृत्वमा अनुगमन हुने गरेपनि यसको कार्यान्वयन भने शुन्य जस्तै देखिन्छ ।
जनशक्ति, स्रोत र साधनको अभावले नियमित अनुगमन गर्न नसक्दा कारवाही प्रक्रिया केही फितलो जस्तो देखिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्मा बताउँछन् ।
उपभोक्ताको स्वास्थ्य अधिकार माथि खेलवाड गर्नेलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने उपभोक्ता अधिकार संरक्षण मंचका उपाध्यक्ष विष्णु प्रसाद भुषाल बताउँछन् ।
जिल्लाका अधिकांस मासु पसलले दर्ता प्रकृया, मापदण्ड पुरा गरेका छैनन् भने सरसफाईमा समेत ध्यान दिएका छैनन् ।
सरकारी उदाशिनता र व्यवसायीको लापरवाहीका कारण उपभोक्ताहरु दुषित मासु खान बाध्य भएका छन् ।
२०५५ सालमा बनेको मासु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयन नहुँदा दुसित मासु किनवेच हुने गरेको हो ।
ऐनमा भएका व्यवस्थाहरु कागजमै सिमित हुँदा उपभोक्ताहरु अस्वस्थकर मासु उपभोग गर्न बाध्य छन् ।
प्रतिक्रिया दिनुहोस्