आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या


0
Shares

बनेपा, भदौ १८ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा बिहीबार बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् ।

दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरोे प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो ।

अभियुक्त अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । रासस