२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


द्वन्द्व भड्किए विनाशका लागि तयार रहन इरानलाई ट्रम्पको चेतावनी


0
Shares

काठमाडौं, असार ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले युद्ध नचाहे पनि द्वन्द्व भड्किए विनाशको सामनाका तयार रहन इरानलाई चेतावनी दिएका छन् ।

अमेरिकाको ‘एनबीसी’ टेलिभिजनसित कुरा गर्दै उनले अमेरिका वार्ताका लागि खुला रहेको तर इरानलाई आणविक हतियार विकास गर्न नदिने बताए ।

अमेरिकी सेना इरानविरूद्धको आक्रमणका लागि तयारी अवस्थामा पुगे पनि आक्रमण गर्नु १० मिनेटअघिमात्रै मनसाय बदलेको ट्रम्पले बताए ।

उनले बिहीबार खसालिएको अमेरिकी जासुसी ‘ड्रोन’को जवाफमा इरानका विभिन्न तीनओटा ठाउँमा आक्रमणको योजना बनाएपनि १५० जना मानिस मारिने थाहा भएपछि आक्रमण रोक्ने निर्णय गरेको बताए ।

इरानले उक्त ड्रोन आफ्नो आकाशमा आएकाले खसालेको बताएपनि अमेरिकाले ड्रोन अन्तर्राष्ट्रिय आकाशमै रहेका बेला खसालिएको दाबी गरेको छ ।

यता, अमेरिकाले आफ्नो देशमा दर्ता भएका सबै विमानलाई खाडी र आसपासका समुद्रमाथिका इराननियन्त्रित हवाईमार्ग प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

अमेरिका र तेहरानबीच बढेको तनावको असर अन्तर्राष्ट्रिय बजारमा देखिएको छ ।

सुन र पेट्रोलियम पदार्थको मूल्य बढेको छ । सुनको मूल्य ६ वर्षमा सबैभन्दा उकालो लागेको छ । (एजेन्सी)