
काठमाडौं, असार ७ । काठमाडौं महानगरपालिका–१९, कंकेश्वरीमा उमा महेश्वरको मूर्ति प्रतिस्थापन गरिएको छ ।
शनिबार नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी, काठमाडौं महानगरपलिकाका उपमेयर हरिप्रभा खड्की, वडाध्यक्ष शशीलाल श्रेष्ठलगायतको उपस्थितिमा उमा महेश्वरको मूर्ति प्रतिस्थापन गरिएको हो ।
२०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’मा उक्त मूर्ति भत्किएको थियो ।
कार्यक्रमका सहभागीहरुले परम्परागत धरोहरको संरक्षणमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्