९ श्रावण २०८२, शुक्रबार | Sat Jul 26 2025


रेशम चौधरीलाई उपचारकाक्रममा साङ्लो लगाउनेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं, असार ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीलाई उपचारकाक्रममा साङ्लो लगाउनेलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

उनले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारबाही गर्न निर्देशन दिएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

‘प्रधानमन्त्रीले साङ्लो तुरुन्त खोल्न र त्यो लगाउनेलाई कारबाही गर्न मुख्यसचिवलाई निर्देशन दिनुभएको छ’–उनले भने ।

उपचारकाक्रममा वीर अस्पतलामा भर्ना भइ शय्यामा रहँदा चौधरीलाई साङ्लो लगाइएको थियो । रासस