Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


महेश्वर महर्जन होटल एल्लो दरवारको ब्राण्ड एम्बेसडर


0
Shares

काठमाडौं । एसियन च्याम्पियनसिपका स्वर्णपदकधारी शारीरिक सुगठनका खेलाडी महेश्वर महर्जनलाई काठमाडौंको सानेपास्थित होटल एल्लो दरवारले आफ्नो ब्राण्ड एम्बेसडर बनाएको छ ।

आज आयोजित एक कार्यक्रममा महर्जनलाई होटलको ब्राण्ड एम्बेसडर नियुक्त गरेको जानकारी गराइएको हो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले होटलको हेल्थ क्लबका सदस्यहरुले जम्मा गरेको ५० हजार नगद महर्जनलाई प्रदान गरेका थिए । उनले बडिविल्डिङका लागि राखेपले आवश्यक सहयोग गर्ने बताए ।