९ श्रावण २०८२, शुक्रबार | Sat Jul 26 2025


विष्णुमति खोला आसपास सरसफाई


0
Shares

काठमाडौं । बालाजुस्थित विष्णुमति खोला आसपास सरसफाई गरिएको छ । स्थानीयवासी र प्रहरीको सक्रियतामा सरसफाई गरिएको हो ।

२३ घण्टा आफूलाई,१ घण्टा देशलाई भन्ने नाराकासाथ स्थानीय सरसफाईमा जुटेका हुन् ।

उनीहरुले लामो समयसम्म म्हैपी टोलमा थुप्रिएको फोहोर समेत व्यवस्थापन गरेका छन् ।

म्हैपी टोलबासीले प्रत्येक महिना टोल र सडक सफाईलाई निरन्तरता दिंदै आएको छन् ।

सरसफाई अभियानका संयोजक निमा लामाले युवाहरु सरसफाइका लागि जनचेतना अभिवृद्धिमा क्रियाशिल रहेको बताए ।