९ श्रावण २०८२, शुक्रबार | Sat Jul 26 2025


जापानमा नेपालकै शैलीमा स्वयम्भुनाथ स्तुपा निर्माण हुने


0
Shares

काठमाडौं । नेपाली कला र संस्कृतिलाई विश्वभर चिनाउने उद्देश्यले जापानमा नेपालकै शैलीको स्वयम्भुनाथ स्तुपा निर्माण हुने भएको छ ।

स्तुपामा निर्माणको जिम्मा पाएको आस्का कन्स्ट्रक्सनले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी एक वर्षभित्र स्तुपा निर्माण गरी सक्ने जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालको कला, संस्कृति र सम्पदाको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने लक्ष्यका साथ स्तुपा निर्माण गर्न लागिएको हो ।

आस्का कन्स्ट्रक्सनका अध्यक्ष तथा परिकल्पनाकार बिनोदकुमार तामाङले जापानस्थित २५ रोपनी क्षेत्रफलमा झन्डै ४५ करोड रुपैयाँमा स्तुपा निर्माण हुने बताए ।

३० वर्षदेखि जापानमा बस्दै आएका तामाङले आफ्नै लगानीमा स्तुपा निर्माण गर्न लागेका हुन ।

उनले निर्माण गरिएको स्तुपाले जापानका लागि मात्र नभई विश्वभरबाट जापान घुम्न पुगेका पर्यटकलाई नेपालका बारेमा जानकारी दिने बताए ।

स्तुपामा निर्माणका दुवै देशका सरकारले स्वीकृति दिइसकेका छन् । स्तुपा स्वयम्भू जस्तै कला र डिजाईनमा बनाइने छ ।

स्तुपा निर्माणपछि उनले नेपालको ग्रामीण क्षेत्रमा विद्यालय खोल्ने अभियान सञ्चालन गर्ने बताए ।