९ श्रावण २०८२, शुक्रबार | Sat Jul 26 2025


कानुन पूर्ण कार्यान्वयन नहुँदा छुवाछुतको समस्या कायमै


0
Shares

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कानुन पूर्ण रुपले कार्यान्वयन नहुंदा समाजमा छुवाछुतको समस्या कायम रहेको जनाएको छ ।

आयोगले आज काठमाडौमा गरेको दलित समुदायका राष्ट्रिय कलाकार तथा खेलाडीसंगको अन्तरक्रियामा जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि कानुनको पूर्ण कार्यान्वयन हुनेपर्नेमा जोड दिएको हो ।

आयोगका अध्यक्ष अनुपराज शर्माले कानुनी कारवाहीका लागि आयोगले गरेको सिफारिस कार्यान्वयन हुन नसेकेको बताए ।

आयोगका सदस्य प्रकाश वस्तीले अझैपनि गाउँ,समाज,सरकारी निकाय र राजनीतिक दलहरुमा छुवाछुत कायम रहेको टिप्पणी गरे ।

कार्यक्रममा दलित समुदायका राष्ट्रिय कलाकार तथा खेलाडीहरुले कार्य क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपले जातीय विभेद र छुवाछुतको शिकार हुनुपरेको गुनासो गरेका थिए ।

कार्यक्रममा आयोगले राष्ट्रिय कलाकार तथा खेलाडीहरुलाई सम्मान समेत गरेको छ ।

आयोगले आफ्नो स्थापनापछि पहिलो पटक दलित समुदायका कलाकार र खेलाडीसंग अन्र्तक्रिया गरेको हो ।