कोरोनाका कारण अष्ट्रेलिया आर्थिक मन्दीमा • Image Khabar Image Khabar


कोरोनाका कारण अष्ट्रेलिया आर्थिक मन्दीमा


Imagekhabar
१७ भाद्र २०७७, बुधबार १२:२३

Australia economic crisis

एजेन्सी, भदौं १७ । अष्ट्रेलियाको अर्थतन्त्रमा तीन दशक यताकै पहिलोपटक गम्भीर मन्दी आएको छ ।

कोभिड १९ का कारण आर्थिक गतिविधिमा असर पर्दा अष्ट्रेलियाको अर्थतन्त्रमा इतिहासमै ठूलो गिरावट आएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात् अप्रिल जुनमा अष्ट्रेलियाको अर्थतन्त्रमा सात प्रतिशतले गिरावट आएको हो । यसअघि पहिलो त्रैमासिकमा ०.३ प्रतिशतको गिरावट आएको थियो ।

लगातार दुई त्रैमासिकमा आर्थिक वृद्धि नकारात्मक रहेमा अर्थतन्त्रमा मन्दी आएको मानिन्छ ।

सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीमा समस्याबाट मुक्त रहेको एक मात्र अष्ट्रेलियाली अर्थतन्त्रमा कोरोना भाइरसको महामारीको प्रभाव अति नराम्रोसँग परेको देखिएको छ ।

अष्ट्रेलियामा सन् १९५९ यता आर्थिक वृद्धिको तथ्यांक राख्न थालिए यता सबैभन्दा ठूलो गिरावट आएको हो ।

अष्ट्रेलियाले यसअघि सन् १९९० को मध्यमा आर्थिक मन्दीको सामना गरेको थियो । त्यसबेला आर्थिक मन्दी सन् १९९१ सम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्