९ श्रावण २०८२, शुक्रबार | Sat Jul 26 2025


अभियान चलाइए पनि रोकिएन महिला हिंसा र बेचविखन


0
Shares

-मनिष गुप्ता/ईमेज

कपिलवस्तु । महिला हिंसा तथा बेचविखनविरुद्ध सरकारी तथा गैरसकारी संघसंस्थाले विभिन्न सचेतनामूलक अभियान चलाए पनि त्यसमा उल्लेख्य सुधार हुन सकेको छैन ।

महिला बेचविखन तथा लैंगिक हिंसाविरुद्ध काम गदैै आएका कपिलवस्तुका दुई संस्थाले सार्वजनिक गरेको विवरणले त्यसको कारुणिक पाटोलाई देखाएको छ ।

आफन्त नेपाल कपिलवस्तु र शान्ति पुनस्र्थापना गृहले सार्वजनिक गरेको प्रगति विवरणमा गएको ११ महिनामा अवधिमा  ७ हजार ३६ जना प्रभावितहरुलाई सीमा निगरानी, सूचना सम्प्रेषण परामर्श तथा उद्धार गरिएको उल्लेख छ ।

जसमध्ये आफन्त नेपाल कपिलवस्तुले ३ हजार ७ सय ७६ जनालाई  सुचना तथा परामर्श गराएकोे छ । जसमा १ सय १९ जना महिलाको उद्धार भएको छ ।

उद्धार गरिएका  १ सय ७ जनालाई परिवारिक जिम्मा लगाएको छ भने बाँकी  १२ जना सुरक्षित आवास गृहमा सीप विकास तालिममा भएका छन्  ।

आफन्त नेपाल कपिलवस्तुका शाखाका संयोजक केशर विश्वकर्माले घटनामा संलग्न ३ जनाविरुद्ध मुद्दा दर्ता गराइएको जानकारी दिए ।

त्यसैगरी शान्ति पुर्नस्थापना गृह कपिलवस्तुले सार्वजनिक गरेको ११ महिनाको प्रतिवेदन अनुसार ३ हजार २ सय ६० जनालाई सुचना तथा परामर्श दिएको छ भने २ सय १४ जनाको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।

घटनामा संलग्न १ जनामाथि मानव ओसार पोसार तथा करणी मुद्दा दर्ता गरिएको शान्ति पुर्नस्थापना गृह परामर्शदाता निसा पन्थीको भनाइ छ ।

यी केही प्रतिनिधि घटना जसले महिला हिंसा र बेचविखनको समग्र अवस्थालाई प्रतिनिधित्व गरेका छन् ।

विशेष गरी सीमा नाकामा बढी हुने गरेका यस्ता घटनालाई रोकथाम गर्न पहिले स्वयं व्यक्ति सचेत हुनुपर्र्छ साथसाथै यस्ता कार्यमा संलग्न हुनेलाई निरुत्साहित गर्न पनि उत्तिकै जरुरी छ ।