
तनहुँ । तनहुँका किसानले बाख्रापालनबाट राम्रो आम्दानी गर्न थालेका छन् ।
भानु नगरपालिका–५ नाबरुङका प्रकाश मल्लले बाख्रापालनबाट वार्षिक ५० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् ।
२०६९ सालमा प्रकाश एग्रिकल्चर प्रालि फार्म दर्ता गरी २० वटा बाख्राबाट व्यवसाय सुरु गरेका उनले १ सय ५० रोपनी क्षेत्रफलमा बाख्रापालनसँगै घाँस खेती पनि गर्दै आएका छन् ।
बाख्रापालनबाट खर्च कटाएर वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको मल्लले बताए ।
फार्ममा हालसम्म ३ करोड रुपैयाँ लगानी गरेका मल्लले छोरालाई भेटेनरी डाक्टर पढाइरहेका छन् ।
बाख्राको स्याहारसुसार र घाँस काट्ने कर्मचारीलाई मासिक ७२ हजार रुपैयाँ खर्च गरेका छन् । मल्लले विभिन्न पुरस्कारसमेत प्राप्त गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्