९ श्रावण २०८२, शुक्रबार | Sat Jul 26 2025


दरौदी नदीमा डुबेर १ किशोरीको मृत्यु, दुई बेपत्ता


0
Shares

गोरखा । गोरखाको पालुङटारस्थित दरौदी नदीमा डुबेर १ किशोरीको मृत्यु भएको छ ।

खोप्लाङको मसानेपाटीस्थित दरौदी नदीमा पौडी खेल्न गरेकी १४  वर्षीया सरिता गुरुङको डुबेर मृत्यु भएको हो ।

उनको शव हिजो साँझ भेटिएको प्रहरीले जनाएको छ ।

पौडी खेल्न गएका ११ वर्षीय अस्विन विक र ११ वर्षीय राजन श्रेष्ठ भने बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।