Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


इजिप्टको अफ्रिका कप अफ नेसन फुटबलमा विजयी सुरुवात


0
Shares

काठमाडौं । जिम्बावेलाई पराजित गर्दै आयोजक इजिप्टले अफ्रिका कप अफ नेसन फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

समूह ए मा रहेको इजिप्टले जिम्बाबेमाथि १–० को जित निकाल्नै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

कायरोमा भएको खेलमा इजिप्टको जितमा खेलको ४१ औं मिनेटमा महमुद ट्रेजेगेटले गरेको गोल नै निर्णायक बन्यो ।

अफ्रिका कप अफ नेसनको इतिहासमा यसपटकको प्रतिस्पर्धा टिमको सहभागिताका हिसाबले सबैभन्दा ठूलो हो ।

यसपटक प्रतियोगितामा २४ टिम सहभागी छन् । सहभागी टिमलाई ६ समूहमा विभाजन गरिएको छ ।

समूह ए मा इजिप्ट र जिम्बाबेसँगै प्रजातान्त्रिक गणतन्त्र कंगो र युगाण्डा छन् ।

यस्तै समूह बी मा बुरुन्डी, गिनी, माडागास्कर र नाइजेरिया, समूह सी मा अल्जेरिया, केन्या, सेनेगल र तान्जिनिया, समूह डी मा आइभरी कोस्ट, मोरक्को, नामिबिया र दक्षिण अफ्रिका, समूह ई मा अंगोला, माली, माउरिटानिया र ट्युनिसिया तथा समूह एफ मा बेनिन, क्यामरुन, घाना र गिनी रहेका छन् ।