१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


‘बीआरआइ’ सम्मेलन सम्पन्न


0
Shares

काठमाडौं, असार ६ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ)को दुईदिने चौथो अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।

सम्मेलनका सहभागीले चीनको अवधारणामा सुरु भएको बीआरआइले नेपालमा प्रचुर सम्भावनाका ढोका खोल्ने बताए ।

विश्वव्यापीकरणको युगमा धेरै देशहरुसँगको सहकार्य र सन्जालले द्विपक्षीय हित प्रवर्द्धन गरी देश विकासमा सहयोग पुग्ने सहभागीहरुको धारणा थियो ।

सम्मेलनमा नेपालसहित चीन, बंगलादेश, भारतलगायत ६ देशका १२५ विशेषज्ञ तथा सरोकारवालाहरुको सहभागिता थियो ।

सम्मेलन समापनकाक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले बीआरआइले दक्षिण एसियाली मुलुकलाई जोड्नुका साथै ती देशहरुको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।