
काठमाडौं, असार ६ । नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ती गर्ने भएको छ ।
बैंकको शुक्रबार सम्पन्न विशेष साधारणसभाले जेबिल्स फाइनान्स प्राप्ती गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गरेको हो ।
फाइनान्स प्राप्तीपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोढ ९७ लाख रुपैयाँ पुग्ने बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले बताए ।
जेबिल्सको १०० रुपैयाँअंकित दरको सेयरलाई ३३ रुपैयाँ प्रदान गर्ने सहमति भएको छ ।
फाइनान्स प्राप्तीपछि कुल निक्षेप एक खर्ब ४७ अर्ब र कुल कर्जा एक खर्ब ३२ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्