१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


सुन तोलाको ६५ हजार पुग्यो


0
Shares

काठमाडौं, असार ६ । शुक्रबार पनि सुनको भाउमा उच्च वृद्धि आयो ।

बिहीबार तोलामा एक हजारले बढेको सुनको भाउ शुक्रबार पनि तोलामा हजार रुपैयाँले नै बढ्यो ।

अन्तराष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको ६४ हजारमा कारोबार भएको थियो ।

यसदिन चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ७४० मा कारोबार भएको महासंघले जनाएको छ ।