
लमजुङ । लमजुङमा १४ दिनको शिशुसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार बिहान क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १६ पुरुष र १० महिला गरी २६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
लमजुङमा कार्यरत नेपाल प्रहरीका ३ पुरुष र एक महिला, जिल्ला सामुदायिक अस्पतालको वार्डमा रहेको १४ दिनको बालकसहित ५ जना, अस्पतालमा कार्यरत एक पुरुष कर्मचारी, बेसीशहरमा कार्यरत एक सञ्चारकर्मी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कन्ट्याक टे«सिङवाट लमजुङका स्थानीय ६ महिला र ९ पुरुष गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
योसँगै लमजुङमा कोरोना संक्रमितको संख्या २ सय १५ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्