
पूर्णप्रसाद न्यौपाने (इमेज)
ओखलढुंगा, असार ६ । रामेछापकी रेणुका श्रेष्ठको शव सुनकोसी नदी किनारमा फेलापरेको छ ।
गएको जेठ ३१ गते घरबाट हिँडेकी रेणुका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सेलस्थित सुनकोसी नदी किनारमा मृतावस्थामा भेटिएकी हुन् ।
रामेछाप नगरपालिका–७ की रेणुकाको शव फेलापरेको ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले पुष्टि गरे ।
रेणुका हराएपछि खोज्दै आएका आफन्तले नै उनको शव फेला पारेर प्रहरीलाई खबर गरेको जनाइएको छ ।
पुरन श्रेष्ठकी १३ वर्षीया छोरी रेणुकाको शव ‘पोस्टमार्टम’ गरेर आफन्तलाई बुझाइने ओखलढुंगा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्