Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


प्रदेश–१ र प्रदेश–५ विजयी


0
Shares

कन्चनपुर, असार ६ । कन्चनपुरको महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला ट्वेन्टी–२० क्रिकेटअन्तर्गत् शुक्रबारका खेलमा प्रदेश नम्बर–१ र प्रदेश नम्बर–५ विजयी भएका छन् ।

प्रदेश–१ र प्रदेश–५ समान ८ विकेटले विजयी भएका हुन् ।

शुक्रबारको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर–२ ले निर्धारत् २० ओभरमा ९ विकेट गुमाउँदै ७१ रन जोडेको थियो ।

७२ रनको चुनौती प्रदेश–१ ले १४.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । 

दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गन्डकी प्रदेशले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन बनाएको थियो ।

७९ रनको लक्ष्य प्रदेश–५ ले १२.२ ओभरमै २ विकेटको क्षतिमा भेट्टायो ।