१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023


पाल्पामा अघोषित लोडसेडिङः स्थानीयबासीलाई हैरानी


0
Shares

-सीता पाण्डे/ईमेज

पाल्पा, असार ३२ । विद्युत सेवा पटकपटक अवरोध हुँदा पाल्पा जिल्ला र आसपास क्षेत्रका जनता हैरान भएका छन् ।

दैनिक ७१ पटकसम्म विद्युत आउनेजाने हुँदा स्थानीयले ठूलो सास्ती खेप्दै आएका छन् ।

देश लोडसेडिङमुक्त घोषणा भइसकेको छ । तर अघोषित लोडसेडिङले अझै छाडेको छैन ।

पाल्पाको बतासे डाँडाको सवस्टेसनबाट गुल्मी र अर्घाखाँची जिल्लामा विद्युत विस्तार भएकोले ती जिल्लाको पनि अवस्था उस्तै छ ।

दैनिक अनियमित रुपमा हुने लोडसेडिङले दैनिक जीवनका अलावा व्यापारी र उद्योगीलाई थप मारमा पारको छ ।

छिन छिनमा विद्युत अवरुद्ध हुँदा विद्युत सरसमान बिग्रिएको र ड्यामेज भएको स्थानीयको गुनासो छ ।

अत्याधिक रुपमा विग्रिएको, सर्ट भई ड्यामेज भएको उपभोक्ताले बताएका छन् ।

पाल्पाका अधिकांश स्थानमा लिफ्टबाट खानेपानी वितरण हुने भएकोले विद्युत अवरोधले खानेपानीको समेत अभाव भएको छ ।

त्यस्तै छिनछिनको लोडसेडिङले होटल व्यवसायी थप मारमा परेको होटल व्यवसायी अशोक थापा बताउँछन् ।

दैनिक रुपमा पटक पटकको विद्युत अवरुद्धले संचार क्षेत्रलाई समेत प्रत्यक्ष मारमा पारेको छ ।

लामो समय सम्म विद्युत अवरुद्ध हुँदा जिल्लामा संचालित एफएम रेडियोको प्रशारण समेत अवरुद्ध हुदै आएको छ भने पत्रपत्रिका समेत नियमित रुपमा प्रकाशित नसकेको युनिक एफएमका अध्यक्ष जगदिश भट्टराईको गुनासो छ ।

वुटवल देखि ३३ केविए प्रशारण लाईन मार्फत  जङगलको बाटो भएर पाल्पामा विद्युत आपुर्ति भएकोले सामान्य हावाहुरीका कारण विद्युत अवरुद्ध हुने गरेको नेपाल विधुत प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ ।

मुख्य लाइन मर्मतका काम भइरहेकोल धेरैजसो बुटवलबाट नै अवरुद्ध हुने गरेको पाल्पा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठको भनाइ छ ।

विद्युत आपूर्तीमा अनियमितता हुँदा धेरैलाई सास्ती भइरहेकोे छ । सम्बन्धित पक्षले छिटोभन्दा छिटो समस्या समाधान गरिदिए सबैलाई सहज हुने थियो ।