९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


वातावरण संरक्षण विधेयकबारे वातावरणविद्हरुसँग परामर्श


13
Shares

काठमाडौं, असार ६ । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वातावरण संरक्षण विधेयकबारे वातावरणविद्हरुसँग परामर्श गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकमा वातावरण संरक्षण विधेयकमाथिको छलफलको क्रममा समितिले वातावरणविदहरुसँग परामर्श गरेको हो । समितिले जलवायु परिवर्तन न्यूनिकरण र वातावरणीय प्रभाव कम गर्ने उपायबारे विज्ञसँग परामर्श गरेको हो ।

वातावरणविद् डा.कृष्णचन्द्र पौडेलले वातावरण संरक्षणका लागि तल्लो तहलाई बढी जिम्मेवार बनाउनुपर्ने विषय विधेयकमा समेट्न सुझाव दिए । उनले स्थानीय तहमा वृक्षारोपण गर्ने, गिट्टी बालुवा उत्खननमा रोक लगाउने, जथाभावी खोलिएका इट्टाभट्टा नियन्त्रण गर्न स्थानीय तहलाई बढी जिम्मेवार बनाउन जरुरी रहेको औंल्याए ।

वातावरणविद् भूषण तुलाधरले सार्वजनिक र सरकारी वनबारे स्पष्ट प्रावधान राख्न सुझाव दिए । सरकारले चाहँदैमा वन क्षेत्रको भूउपयोग परिवर्तन गर्न नहुने उनको भनाइ थियो ।

सांसदहरु घनश्याम खतिवडा, भूमि त्रिपाठी, राधा ज्ञवालीलगायतले ढुंगा, गिटी, बालुवा खनिजजन्य बस्तुले पनि वातावरणमा असर पु¥याएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनीहरुले इट्टाभट्टा सञ्चालनको मापदण्डलाई परिमार्जन गरि कडाइ गर्नुपर्ने सुझाव दिए ।