३० असार २०८२, सोमबार | Tue Jul 15 2025


भरतपुर अस्पतालमा दीर्घ रोगी नभएका ७८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु


0
Shares

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको सोमबार विहान मृत्यु भएको छ ।

भरतपुर–६ का ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. प्रमोद पौडेलले जानकारी दिनुभयो ।

भदौ २ गते कोरोना पोजेटिभ देखिएको उनलाई भदौ ६ गते आइसीयुमा भर्ना गरी भेन्टिलेटरको सहायताले उपचार भइरहेको थियो ।

वृद्ध भएपनि उनमा दीर्घ रोग नरहेको भन्दै डा. पौडेलले भाइरसकै कारणले निमोनिया थप बढेपछि निधन भएको बताउनुभयो ।

पहिलेको तुलनामा कोभिड–१९ को भाइरसको संक्रमण तीव्र फैलिने र चाँडै क्षति गर्ने खालको रहेको संक्रमितको उपचारमा प्रत्यक्ष संलग्न डा. पौडेलको भनाइ छ ।

योसँगै कोरोना संक्रमणका कारण चितवनमा ६ जनाको मृत्यु भएको छ ।