२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


बेलायतको प्रधानमन्त्री बन्न बोरिस जोन्सन र जेरेमी हन्टबीच प्रतिश्पर्धा


0
Shares

लन्डन, असार ६ । बेलायतको प्रधानमन्त्री बन्ने दौडमा कन्जरभेटिभ पार्टीको दुई नेता बाँकी रहेका छन् ।

बोरिस जोन्सन र जेरेमी हन्टबीच पार्टी नेता तथा प्रधानमन्त्रीका लागि अन्तिम प्रतिस्पर्धा हुने भएको हो । हाउस अफ कमन्समा रहेका कन्जरभेटिभ पार्टीका ३१३ सांसदबीच गरिएको मतदानमा जोन्सनले १६० सांसदको समर्थन जुटाउँदै आफूलाई बलियो प्रधिस्पर्धीको रुपमा प्रस्तुत गरे ।

त्यसैगरी हन्टले ७७ मत प्राप्त गर्दै आफूलाई पनि अन्तिम प्रतिस्पर्धी बनाए ।

हन्टभन्दा दुई मत कम अर्थात् ७५ मत प्राप्त गरेका माइकल गोभ प्रतिस्पर्धाबाट बाहिरिएका छन् । अब जोन्सन र हन्टबीच हुने प्रतिस्पर्धामा कन्जरभेटिभ पार्टीका १ लाख ६० हजार टोरी सदस्यले मतदान गरेर नेता चयन गर्ने छन् ।

आगामी जुलाई अन्तिमसम्म नेता चयन भइसक्ने बताइएको छ ।

ब्रेक्जिट मुद्दामा सहमति जुटाउन नसेपछि प्रधानमन्त्री टेरेजा मेले राजीनामा दिएपछि बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि पार्टी नेता चयन सुरु भएको हो । (एजेन्सी)