
वासिंटन, असार ६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकी ड्रोन खसालेर निकै ठूलो गल्ती गरेको बताएका छन् ।
इरानको दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा इरानी सेनाले अमेरिकी ड्रोनमा आक्रमण गरेर खसालेको थियो ।
राष्ट्रपति ट्रम्पले मानवीय गल्तीका कारण ड्रोन खसेको हुन सक्ने बताउँदै इरानले नियतवस खसालेको भन्नेमा आफूलाई अझै पनि विश्वास नरहेको बताए । इरानले भने अमेरिकी ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेकाले खसालिएको दाबी गरेको छ ।
घटनाले अमेरिका र इरानबीचको सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ । अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक तैनाथ गरेको केही दिनमै इरानले अमेरिकी ड्रोनमा आक्रमण गरेको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्