नेपालमा प्लाज्मा थेरापीबाट २० जनाको सफल उपचार, प्लाज्माबारे यसो भन्छन् चिकित्सक (भिडियो)

काठमाडौं, भदौ १३ । नेपालमा कोरोना संक्रमण जितेकाहरुको प्लाज्माबाट कोरोनाका बिरामीहरुको उपचार सुरु गरिएको छ ।
प्लाज्मा थेरापी विधिबाट हालसम्म २० जनाको सफल उपचार भइसकेको छ ।
हाल ग्रान्डी अस्पतालमा उत्पादन हुँदै आएको प्लाज्मा दानबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानसमेत सुरु गरेको छ ।
यसै विषयमा नेपालमा प्लाज्मा थेपारीको सुरुआती चरणदेखि सक्रिय रहनुभएका रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपालसँग इमेजकर्मी प्रज्ञा तिमल्सिनाले गरेको कुराकानी भिडियोमा हेर्नुहोस् ।