
काठमाडौं, असार ५ । पर्यटन भ्रमण वर्ष २०२० तथा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘मिस टुरिजम २०१९’ हुने भएको छ ।
आउँदो साउन २५ गते हुने सो प्रतिस्पर्धामा सहभागी हुन १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित महिलाले यही असार २० गतेसम्म आवेदन दिनसक्ने आयोजक प्वाइन्ट मिडियाले जनाएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मिस टुरिजमले पर्यटनको क्षेत्रमा युवाहरुलाई समावेश गर्ने र नेतृत्वको क्षमताको विकास गर्ने बताए ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मिस टुरिजम २०१६ देखि आयोजना गरिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्