काठमाडौं, असार ५ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध अष्ट्रेलियाले उच्च योगफल बनाएको छ ।
नटिङ्घमको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित् ५० ओभरमा ५ विकेटको क्षतिमा ३८१ रन बनायो ।
डेभिड वार्नरले १४७ बलको सामना गर्दै पाँच छक्का र १४ चौकाको मद्दतले १६६ रन बनाए ।
पहिलो विकेटका लागि वार्नरसँग मिलेर १२१ रनको साझेदारी गर्नेक्रममा कप्तान आरोन फिन्चले ५३ रन जोडे ।
त्यस्तै, दोस्रो विकेटका लागि वार्नरसँग मिलेर १९२ रनको साझेदारी गर्नेक्रममा उस्मान खवाजाले ८९ रन बनाए ।
बंगलादेशका सौम्य सरकारले ८ ओभर बलिङ गर्दै ५८ रन दिएर ३ विकेट लिए ।
यो खेल जितेमा पाँच खेलबाट ८ अंकको अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा पुग्नेछ । बंगलादेशले खेल जिते पाँच खेलबाट ५ अंकको बंगलादेश चौथो स्थानसम्म पुग्न सक्नेछ ।
अंकतालिकामा पाँच खेलबाट ९ अंकको न्यूजिल्यान्ड शीर्ष स्थानमा छ । पाँच खेलबाट ८ अंक जोडेको इंग्ल्यान्ड दोस्रो तथा अष्ट्रेलिया तालिकाको तेस्रो स्थानमा छ । चार खेलबाट ७ अंकको भारत चौथो स्थानमा छ ।
१० टोली सहभागी विश्वकपमा ६ खेलबाट ३ अंकको दक्षिण अफ्रिका र पाँच खेलबाट अंकविहीन अफगानिस्तान सेमिफाइनल प्रवेशको सम्भावनाबाट बाहिरिएका छन् ।








प्रतिक्रिया दिनुहोस्