१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


सुन्दरीजलबाट रत्नपार्क जाँदै गरेको बस पल्टियो, एकजनाको मृत्यु, २० घाइते


0
Shares

साँखु, असार ५ । गोकर्णेश्वर नगरपालिका–४, इटीचोकमा बिहीबार दिउँसो १ बजे सार्वजनिक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सुन्दरीजलबाट रत्नपार्क जाँदै गरेको बा१ख ८७४४ नम्बरको बस दुर्घटना हुँदा बसकै सहचालक सागर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार अन्य २० जना घाइते भएको र उनीहरुको उपचार जोरपाटी, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए ।

बस सडकबाट पाँच फिट तल खेतमा पल्टिएको थियो । चन्दकाअनुसार सवारीचालकलाई नियन्त्रणमा लिइएको छ । रासस