१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


सुनको मूल्य एकैदिन एक हजारले बढ्यो


0
Shares

काठमाडौं, असार ५ । सुनको मूल्य उच्चदरले उकालो लागेको छ । बिहीबार सुनको मूल्य तोलामा एकैदिन एक हजारले बढेको हो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै बिहीबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर तोलाको ६४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बुधबार तोलाको ६३ हजार रुपैयाँमा स्थीर थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर तोलाको ७३० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस १३ सय ८५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।