१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


लागू औषध दुरुपयोग एवं ओसारपसारविरुद्ध साताव्यापी अभियान सुरु


0
Shares

काठमाडौं, असार ५ । लागू औषध दुरुपयोग एवं ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको साताव्यापी अभियान आजबाट शुरु गरिएको छ । गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच गृहसचिव प्रेमकुमार राईले अभियानको शुरु गरेका हुन् ।

मन्त्रालयले असार ११ गतेसम्म सरोकारवालाहरुसँग समन्वय गरि ७७ वटै जिल्लामा विभिन्न चेतनामूलक कार्यक्रम गरी अभियान सम्पन्न गर्ने जनाएको छ । यस वर्ष लागु यो दिवसको नारा समृद्ध राष्ट्र निर्माणका लागि लागु औषधरहित स्वस्थ्य जीवन राखिएको छ ।

कार्यक्रममा गृहसचिव राईले लागू औषध दूव्र्यसन राष्ट्रिय समस्याको रुपमा देखा परेको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि सरकारले कडा कदम चाल्ने बताए । यसका लागि सबै प्रदेशसँग समन्वय गर्दै जाने उनको भनाइ छ । 

नेपालमा प्रत्येक वर्ष ११.३६ प्रतिशतको दरले लागू औषध प्रयोगकर्ताको संख्या बढिरहेको एक सर्वेक्षण देखाएको छ । त्यसैगरि कूल अपराधमध्ये ७ प्रतिशत लागू औषधको प्रयोगका कारण हुने गरेको समेत देखिएको छ ।