
काठमाडौं, असार ५ । शिक्षालाई गुणस्तरीय बनाउँदै गाउँ केन्द्रीत गर्न सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्थानीय तहमा शिक्षा अभ्यासका दुई वर्षे उपलब्धि र चुनौती विषयक स्थानीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउन जोड दिएका हुन् ।
सरकारले सबैका लागि शिक्षा नारा दिए पनि कार्यान्वयन गर्न नसकेको भन्दै विभेदमुक्त शिक्षाको आश्वयकता औंल्याए । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सरकारले गाउँ केन्द्रीत शिक्षामा जोड दिएको भन्दै गुणस्तरीय, प्राविधिक र वैज्ञानिक शिक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेलगायत स्थानीय निकायका प्रतिनिधिहरुले शिक्षामा पर्याप्त बजेटको अभाव र स्थानीय निकायलाई दिने शैक्षिक अधिकारबारे सरकार लचिलो नहुँदा काम गर्न समस्या भएको गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस्