Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


अमेरिकी ड्रोन खसालेको इरानको दावी


0
Shares

तेहरान, असार ५ । इरानको सेनाले अमेरिकी मानवरहीत जासुसी ड्रोन विमान खसालेको दाबी गरेको छ ।

इराकको हवाई क्षेत्रमा उडेको उक्त अमेरिकी ड्रोन दक्षिणी हारमोज्गान प्रान्तको कुहमोबारक नजिक अन्तर्राष्ट्रिय तेल निर्यात मार्गमा खसालेको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

तर अमेरिकी सेनाले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

पेन्टागनले मध्यपूर्वमा थप १ हजार सेना पठाउने निर्णय गरेको भोलिपल्टै यो घटना भएको हो । केही दिनअघि मात्र ओमानको खाडी क्षेत्रमा तेल ट्याङकरमा इरानले आक्रमण गरेको वासिंटनको आरोप छ ।

तर तेहेरानले भने आरोप अस्वीकार गरेको छ । पछिल्लो समय अमेरिकासँगको सम्बन्ध थप चिसिरहेका बेला इरानले आगामी साताबाट यूरेनियम सम्बर्द्धन फेरि शुरु गर्ने जनाएको छ । (एजेन्सी)