Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


कोपा अमेरिका फुटबल : जित हासिल गर्न अर्जेन्टिना फेरि असफल


0
Shares

ब्राजिल, असार ५ । कोपा अमेरिका फुटबल अन्तर्गत अर्जेन्टिनालाई पाराग्वेले १–१ गोलको बराबरीमा रोकेको छ ।

समूहको पहिलो खेलमा हारेको अर्जेन्टिना आज पनि बराबरीमा रोकिएपछि अर्को चरण पुग्ने बाटो कठिन भएको छ ।

आजको खेलमा पाराग्वेका रिचार्ड सान्चेजले पहिलो गोल गरे । तर लियोनल मेस्सीले पेनाल्टीमार्फत एक गोल फर्काउदै अर्जेन्टिनालाई खेलमा फर्काए । यसपछि पाराग्वेले पाएको पेनाल्टी अवसरलाई डेर्लिस गोन्जालेजले गोलमा बदल्न नसक्दा खेल १–१ गोलको बराबरीमै सकिएको हो ।

यता, कतारलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा कोलम्बियाले कतारलाई १–० ले हराएको हो ।

खेलमा कोलम्बियालाई विजयी गराउन दुभान जापाटाले ८६ औं मिनेटमा निर्णायक गोल गरे । जितपछि कोलम्बियाले दुई खेलबाट ६ अंक जोड्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २–० ले हराएको थियो ।