Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


मनाङ मर्स्याङ्दी क्लब एएफसी कप फुटबलको समूह चरणबाटै बाहिरियो


0
Shares

                              ढाका अबहानी लिमिटेडका खेलाडी

ढाका, असार ५ । नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब एएफसी कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

बंगलादेशमा हिजो भएको खेलमा ढाका अबहानी लिमिटेडसँग फराकिलो हार व्यहोर्दै मनाङ समूहबाटै बाहिरिने पक्का भएको हो । ढाकास्थित बंगबन्धु रंगशालामा मनाङलाई अबहानीले ५–० ले हरायो ।

यसअघि गत अप्रिलमा काठमाडौंमा भएको खेलमा मनाङलाई अबहानी लिमिटेडले १–० ले हराएको थियो ।

यो हारसँगै समूह ‘ई’ मा रहेको मनाङले ५ खेलबाट २ अंकमात्रै जोडेको छ । मनाङ समूहको पुछारमा छ ।

५ खेलबाट १० अंक जोडेको अबहानी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समूहमा ८ अंक जोडेको चेन्नायीन एफसी दोस्रो स्थानमा छ भने ५ अंक जोडेको मिनेर्वा पन्जाब तेस्रो स्थानमा रहेको छ ।