
काठमाडौं, असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष ८.५ प्रतिशतले आर्थिक वृद्धि हुने दाबी गरेका छन् ।
बुधबार राजधानीमा राष्ट्रिय विकास समस्या समाधान समितिको ४५औं बैठकलाई सम्बोधन गर्दै उनले अहिले ७ प्रतिशतले आर्थिक वृद्धि भइरहेको र अर्को वर्ष ८ प्रतिशत पुग्ने जिकिर गरे ।
कृषि उत्पादन वृद्धि भएको र सिँचाइ आशाजनक देखिएको उनको भनाइ थियो ।
नयाँ प्रणाली निराशाको अवस्था नभएको भन्दै प्रधानमन्त्रीले ‘प्राथमिकताका कामहरु त्यति हुन सकेको छैन’–भने ।
काम नगर्ने ठेकेदारलाई अयोग्य ठहर गर्ने भन्दै उनले नातावाद र कृपावाद अन्त्य गर्नुपर्ने बताए ।
बैठकले ९ ओटा प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्