काठमाडौं उपत्यकामा ३०१ सहित ८८५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १७५ पुग्यो • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा ३०१ सहित ८८५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १७५ पुग्यो


Imagekhabar
१० भाद्र २०७७, बुधबार १६:५४

काठमाडौं उपत्यकामा ३०१ सहित ८८५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १७५ पुग्यो

१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो ।

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् ।
हालसम्म १९ हजार १९५०४ जना घर फर्किएका छन् ।

हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् ।

यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ।

बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ११ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या १७५ जना पुगेको छ ।

मृत्यु हुनेमा भक्तपुरकी ५३ वर्षीया र मोरङकी ४६ वर्षीया महिला हुन्।

त्यस्तै कैलालीका दुई, महोत्तरीका तीन, बाँकेका एक, काठमाडौंका एक र बाराका दुई जना पुरूष छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्