१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


होटल हायात सुचारु


0
Shares

काठमाडौं, असार ४ । मजदुर हडतालसँगै अनिश्चितकालका लागि बन्द भएको काठमाडौंको पाँचतारे होटल हायात बुधबारदेखि सुचारु भएको छ ।

विभिन्न सेवा–सुविधाको माग गर्दै होटलका मजदुरहरु आन्दोलनमा उत्रिएपछि तारागाउँ रिजेन्सी होटल्स्अन्तर्गत् सन्चालित होटल हायात गएको जेठ ३० गतेदेखि पूर्णरुपमा बन्द भएको थियो ।

मजदुरका माग सम्बोधन गर्न नसकिनेखालको रहेको भन्दै व्यवस्थापनले होटल नै बन्द गरेको थियो ।

तर, पछि व्यवस्थापन छलफलका लागि तयार भएसँगै कर्मचारी काममा फर्किएकाले होटल पुनः सन्चालनमा आएको हो ।

गैरकानुनी हडताल र नारा–जुलुसका कारण होटलका सम्पूर्ण सेवा र प्रशासनिक काम–कारबाहीसमेत प्रभावित हुँदा पाहुनालाई सेवा–सुविधा पुर्‍याउन नसकिने भन्दै होटल बन्द गर्नुपरेको दाबी व्यवस्थापनले गरेको थियो ।

होटलमा कार्यरत् एकदेखि चार तहसम्मका कामदार हडतालमा उत्रिएका थिए ।

व्यवस्थापनले होटल अनिश्चितकालका लागि बन्द गरेको सूचना नेपाल स्टक एक्सचेन्जलाई पठाएकामा नेप्सेले भने आवश्यक परामर्श गरेरमात्रै निर्णय लिइने भन्दै कारोबार रोकेको थिएन ।

होटल खुलेसँगै बुधबारदेखि ‘रिजर्भेसन’ सुरु भएको जनाइएको छ ।